
‘अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता २०२०’ का विजेताहरूलाई पुरस्कार समर्पण गरिएको छ । केन्द्रीय कार्यसमिति तथा अनेसास नेपालद्वारा प्रज्ञाभवन कमलादीमा अयोजित समारोहमा उक्त पुरस्कार समर्पण गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.विष्णुविभू घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा पुरस्कृत कविहरू राधिका गुरागाईं (विराटनगर) प्रथम, जीवन आरोही (उदयपुर) द्वितीय, केशव भट्टराई (झापा) तृतीय, तथा शुभचन्र्द राई (खोटाङ) र कल्पना तामाङ (कन्सास, अमेरिका) सान्त्वनालाई पुरस्कार दिइयो ।
प्रथमलाई ५०० यु.एस डलर, दोस्रो हुनेलाई ३०० यु.एस. डलर, तेस्रो हुनेलाई नगद २०० तथा चौथो र पाँचौ हुनेलाई १०० डलर र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताका पुरस्कृत कवि कल्पना तामाङको भने उपस्थिति रहेको थिएन । उनलाई अमेरिकामै पुरस्कार दिने कार्यक्रम रहेको छ ।
प्रतियोगितामा प्रथम पुरस्कारको रकम बीओटी सदस्य तीर्थराज अधिकारी, दोस्रोको अनेसास पूर्व उपाध्यक्ष भीमसेन सापकोटा, तेस्रोको लागि वर्तमान अध्यक्ष प्रकाश पौडेल माइला र चौथोको लागि वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा र पाँचौको लागि सचिव विमला निरौलाले प्रायोजन गरेका थिए ।
प्रतियोगिताको निर्णायकहरुमा क्रमशः वरिष्ठ कवि मातृका पोखरेल, प्राज्ञ डा. देवी नेपाल र समालोचक ज्ञानु अधिकारी रहेका थिए । उनीहरूलाई सोही कार्यक्रममा प्रमाणपत्र र पारिश्रमिक प्रदान गरिएको थियो ।
प्रमुख अतिथि बिष्णुविभू घिमिरेले नेपाली कविताको विश्वव्यापीकरणमा यस्तो प्रतियोगिताले विशेष महत्त्व राख्ने भएको हुँदा कवि, कविता र नेपाली साहित्यको उन्नयनका लागि अनेसासले सास भर्ने काम गरेकोमा आभार ब्यक्त गरे ।
अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष कवि गीता कार्कीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा अनेसास केन्द्रीय सदस्य डा. रेणुका थापा सोलुले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको शुभकामना पत्रसमेत वाचन गरेकी थिइन् ।
कार्यक्रममा अनेसास बीओटीका सल्लाहकार प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, अनेसासका सल्लाहकार प्रा.डा. लक्ष्मण गौतम, निवर्तमान अध्यक्ष, सल्लाहकार एवं कविता प्रतियोगिताका संयोजक राधेश्याम लेकालीले शुभकामना ब्यक्त गरेका थिए । निर्णायकहरुका तर्फबाट ज्ञानु अधिकारीद्वारा मन्तव्य व्यक्त गरिएको समारोहमा पुरस्कृत कविता पनि वाचन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4