+
+

अमेरिकी तल्लो सदनकी सभामुखको कार्यकक्षमा तोडफोड, प्रदर्शनकारीले छाडे चेतावनी नोट

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २३ गते १५:११

२३ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सकी सभामुख नेन्सी पेलोसीको कार्यकक्षमा तोडफोड गरेका छन् । बुधबार भएको हिंसात्मक प्रदर्शनको क्रममा प्रदर्शनकारीहरु तोडफोड गर्दै पेलोसीको कार्यकक्षमा पुगेका हुन् ।

एक व्यक्तिले पेलोसीको कार्यकक्षमा पुगेर आफ्नो खुट्टा डेस्कमा राखेको पोज दिएर फोटो खिचाएको देखिएको छ । अर्को तस्वीरमा ‘हामी पछि हट्दैनौं’ भनेर लेखिएको नोट पेलोसीको कार्यकक्षमा राखिएको देखिएको छ ।

न्युयोर्क टाइम्सका अनुसार धेरै प्रदर्शनकारीहरु पेलोसीको कार्यकक्षमा प्रवेश गरेका थिए । क्यापिटलबाहिर पनि प्रदर्शनकारीहरुले पेलोसीविरुद्ध लेखिएका नाराहरुसहित प्रदर्शन गरेका थिए ।

धेरै प्रदर्शकारीहरुले क्यापिटल अफिसभित्रको धेरै तस्वीरहरु सार्वजनिक गरेका छन् । अन्य फोटोमा प्रदर्शनकारीहरुले उक्त कार्यालयको सम्पत्ति लुटेको, झ्यालहरु तोडफोड गरेको र बाहिरबाट भवनमा चढेको तस्वीर तथा भिडियोहरु सार्वजनिक भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?