
२४ पुस, काठमाडौं । अमेरिकी विद्युतीय कार निर्माता टेस्लाका सीईओ एलन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । बिहीबार ब्लुमबर्गले दिएको जानकारीअनुसार अमेजनका सीईओ जेफ बेजोसलाई पछि पार्दै मस्क विश्वकै धनी बनेका हुन् ।
बिहीबार टेस्लाको शेयरको भाउ बढेसँगै मस्कको सम्पत्ति एक खर्ब ८८ अर्ब ५० करोड डलर पुगेको छ । यो सम्पत्ति बेजोसको भन्दा एक अर्ब ५० करोड डलर बढी हो । पछिल्लो एक वर्षमा मस्कको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको छ । टेस्लाको शेयर भाउ पनि आठ गुणाभन्दा धेरै बढेसँगै मस्कको सम्पत्ति पनि बढेको हो । टेस्ला विश्वको सबैभन्दा मूल्यवान् कार निर्माता कम्पनी हो ।
टेस्लामा मस्कको २० प्रतिशत शेयर छ । बिहीबार टेस्लाको शेयर भाउ प्रतिशेयर ७.४ प्रतिशत बढ्दै ८११.६१ डलर पुगेको थियो । फोब्र्सको अर्बपतिको सूचीमा भने मस्क अझै पनि बेजोसभन्दा सात अर्ब ८० करोड डलरले पछि छन् ।
प्रतिक्रिया 4