
फाइल तस्वीरु
२७ पुस, सुर्खेत । कर्णाली प्रदेशका सरकारका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा जिन एक्सपर्ट विधिवाट परीक्षण गर्दा आइतबार मन्त्री रावललाई कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।
निर्देशक खड्काका अनुसार कोरोना पुष्टि भएपछि मन्त्री रावलको स्वास्थ्य अवस्था विशेषज्ञ चिकित्सकबाट जाँच गरिएको छ । चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि मन्त्री रावललाई काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4