Comments Add Comment

‘केपी बाको सेटिङ’बारे सर्वोच्च अदालत सचेत होस् : श्रेष्ठ

फाइल फोटो

२८ पुस, पोखरा । नेकपा प्रचण्ड–माधव समूहका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले ‘प्रधानमन्त्रीले सबै सेटिङ मिलाएका छन्, हाम्रो पक्षमा फैसला आउँछ’ भनेर भ्रम फैलाइएको भन्दै सचेत हुन सर्वोच्च अदालतलाई आग्रह गरेका छन् ।

पोखरामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले संविधानअनुसार नै फैसला गर्छ भन्नेमा आफूहरु विश्वस्त रहेको बताए ।

स्वयंम केपी शर्मा ओली पक्षकै नेताहरुले पनि संसद विघटन असंवैधानिक भन्ने बुझेको भन्दै उनले अघि भने, ‘तर केपी बाले सेटिङ गराउनु भएको छ, सबै मिल्छ । अदालतले हाम्रो पक्षमा फैसला गर्छ, निर्वाचन आयोगले पनि हाम्रै पक्षमा फैसला गर्छ भनेर केपी र उनका गुटका मान्छेहरु भनिरहेका छन् ।’

‘सर्वोच्च अदालतले संविधानसम्वत फैसला गर्छ भन्नेमा विश्वस्त छौं’उनले अघि भने, ‘तर सेटिङका कुरा जसरी चलेका छन्, सर्वोच्च अदालत र हामी सबै सचेत हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment