+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

नेकपाका दुबै समूहले निर्वाचन आयोगमा बुझायो जवाफ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २९ गते १६:४८

२९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै पक्ष प्रचण्ड–माधव समूह र ओली समूहले निर्वाचन आयोगलाई जवाफ पठाएको छ ।

दुबै समूहबाट पत्र प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठल जानकारी दिए । पत्रमा केकस्ता विवरण छ भन्ने खुलेको छैन ।

ओली समूहका नेता सुवास नेम्वाङको टोली आयोग पुगेको थियो । उनले अनलाइनखबरसँग भने, ‘निर्वाचन आयोगले मागेको पछिल्ला कागजातहरु, जवाफहरु बुझाएका हौं ।’

अर्का पक्षका नेता लीलामणि पोखरेलले भने आफूहरुले बुझाउनुपर्ने विवरण पहिल्यै सबै बुझाइसकेको जवाफ पठाएको बताए । उनले अघि भने, ‘यस्तो बेलामा संवैधानिक अंगले गल्ती कमजोरी गर्‍यो भने दुरगामी असर पर्छ भनेर पनि ध्यानाकषर्ण गराएका छौं ।’

निर्वाचन आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘सुधारिएको विवरण’ पेश गर्न भनेको थियो ।

आयोगले तोकेको म्यादको अन्तिम दिन दुबै समूहले जवाफ पठाएको छ । प्राप्त विवरण हेरेर आयोगले निर्णय लिने प्रवक्ता श्रेष्ठले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?