+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

८० वर्षमा बल्ल नागरिकता !   

रासस रासस
२०७७ माघ ६ गते १२:४८

६ माघ, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ की एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् ।

सोह्र वर्षमा नेपाली नागरिकता प्राप्त गर्ने कानूनी प्रावधान रहेपनि ती महिलाले ८० वर्षमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन् ।

मानसिक सन्तुलन गुमाएकी महिलालाई उनकी छोरीको घर सन्धिखर्क नगरपालिका–२ कुरमा पुगेर प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको टोलीले नागरिकता प्रदान गरेको हो ।

असी वर्षका उमेरमा घरमै पुगेर नागरिकता दिएपछि उनका आफन्त खुशी भएका छन् । नागरिकता नपाएको र हाल ती महिला सन्धिखर्क–२ स्थित छोरीको घरमा बसेकी खबर पाएपछि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर उहाँ बसेको स्थानमै पुगेर नागरिकताको सिफारिस तथा सनाखत गरेर नागरिकता प्रदान गरिएको मालारानी- ३ का वडाध्यक्ष शोभाखर खनालले बताए ।

नागरिकताको सिफारिस लिन मालारानी गाउँपालिका–३ खादहमा पुग्नुपर्ने हुनाले मानसिक सन्तुलनसमेत गुमाएकी महिलालाई वडा कार्यलय तथा जिल्ला प्रशासन कार्यलयमा समेत ल्याउन असजिलो हुने भएपछि घरमै गएर सबै कागजी प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए ।

नागरिकता नहुँदा वृद्ध भत्ताबाट वञ्चित भएकी महिलालाई अबदेखि नागरिकताको आधारमा वृद्ध भत्ता समेत प्रदान गरिने वडाध्यक्ष खनालको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?