+

एन्फामा पनि प्रत्यक्ष निर्वाचन प्रणाली

२०७७ माघ  ६ गते २०:०५ २०७७ माघ ६ गते २०:०५
एन्फामा पनि प्रत्यक्ष निर्वाचन प्रणाली

६ माघ, काठमाडौं । पदाधिकारी मनोनयन व्यवस्थालाई परिमार्जन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रत्यक्ष निर्वाचित प्रणालीलाई पारित गरेको छ ।

काठमाडौंमा मंगलबार सम्पन्न एन्फाको १९ औं साधारण सभाले निर्वाचन प्रणालीबाट मात्र पदाधिकारी चयनको व्यवस्था गरेको हो ।

यसअघिको व्यवस्था अनुसार केही कार्यसमितिले परिस्थिति अनुकुल पदाधिकारी मनोनयन गरिरहेको थियो ।

साधारण सभाले १७ सदस्यीय कार्यसमितीलाई बढाएर २१ सदस्यीय कार्यसमितिमा पुर्‍याउने निर्णयसमेत गरेको छ । एन्फाका प्रवत्ता किरण राईले आगामी साधारण सभाबाट बन्ने कार्यसमितिमा संशोधित विधान लागू हुने बताए ।

निर्वाचनमार्फत आउने २१ सदस्यीय नयाँ कार्यसमितिमा २ जना महिला अनिवार्य गरिएको छ । फिफाको गाइड लाइन अनुसार एन्फाले मनोनितको कोटालाई बन्देज लगाउँदै सबै कार्यसमिति निर्वाचनमार्फत चुनिने ब्यवस्था गरेको हो ।

मंगलबारकै साधारण सभाले आगामी वर्ष २०७७/७८ को लागि वार्षिक बजेट तथा कार्यक्रम पनि पारित ग¥यो । राष्ट्रिय लिग, फुटसल छनोट प्रतियोगिता, विभिन्न वर्कसप, बाँकी रहेको ‘बी’ डिभिजन लिग, प्रदेश लिग, एन्फा प्रेसिडेन्ट कप, सहिद स्मारक ‘सी’ डिभिजन लिग, राष्ट्रिय महिला लिग, अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता, फोर नेशन्स कप लगायतका कार्यक्रम सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा लागि एन्फाको ८२ करोड ६६ लाख ४२ हजार २ सय ४० रुपैयाँको वार्षिक कार्यक्रमलाई साधारण सभाले पारित गरेको प्रवत्ता राईले जानकारी दिए ।

साधारण सभाले, अध्यक्षको बार्षिक प्रतिवेदन, आम्दानी र खर्च विवरण लगाएका विषयलाई पारित गरेको हो । गत वर्ष एन्फाले ४० करोड २६ लाख आम्दानी गरेको छ भने ४१ करोड २६ लाख रुपैयाँ खर्च गरेको प्रवक्ता राईले बताए ।

एन्फा खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय