+
+

अविश्वास प्रस्तावको कार्यविधि बनाउन मस्यौदा समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ६ गते २१:०५

६ माघ, काठमाडौं । बागमती प्रदेशको प्रदेशसभाले अविश्वास प्रस्तावसम्बन्धी कार्यविधि बनाउन मस्यौदा समिति बनाएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेसँगै प्रचण्ड-माधव समूहले पुस १० गते मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । र, भोलि ७ गते प्रदेशको अधिवेशन बोलाइएको छ ।

त्यसको अघिल्लो दिन बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले ७ सदस्यीय मस्यौदा समिति गठन गरेको हो ।

समितिमा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, केशव पाण्डे, गणेश दुलाल, बुद्धिमान माझी, छिरिङ लामा, शोभा शाक्य र रिना गुरुङ छन् । मस्यौदा समितिको बैठक भोलि नै बस्ने र दिउँसोसम्म कार्यविधि बनाउने समितिका सदस्य पाण्डेले जानकारी दिए । ‘पहिलो पटक अविश्वासको प्रस्ताव आएकाले कार्यविधि बनाउने पुरेको हो’ उनले भने, ‘कार्यविधि बनेपछि अविश्वासको प्रस्ताव कहिले पेश हुने भन्न सकिएला ।’

यद्यपि धेरै समय नलाग्ने उनले बताए ।

भोलि हिउँदे अधिवेशनको पहिलो दिन भने नेताहरुले बोल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?