+
+

रुपन्देहीमा एक युवकको जलाएर हत्या

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ७ गते १३:४८

७ माघ,बुटवल । रुपन्देहीको मर्चवारमा एक युवकको जलाएर हत्या भएको छ । हत्या गरिएका अन्दाजी ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन ।

मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गरिएको अवस्थामा शव भेटिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

घटनास्थलमा रगत र प्लाष्टिकको पाइप पनि भेटिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न दोषीको पहिचान हुन नसेकाले नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरिएको प्रवक्ता थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?