
युरोपेली युनियनका सांसदहरुले आगामी फेब्रुअरी १ मा इयूको मूख्यालयमा ब्रसेल्समा हुने सुनुवाईका लागि दिग्गज प्रविधि कम्पनीका सीईओहरुलाई आमन्त्रण गरेका छन् ।
अमेरिकी प्रविधि कम्पनीहरुको दबदबालाई तोड्ने प्रयासस्वरुप हुन लागेको सुनुवाईका लागि अमेजन, एप्पल, फेसबुक तथा गुगलको मातृ कम्पनी अल्फाबेटलगायतका कम्पनीका सीईओहरु बोलाइएका छन् ।
प्रविधि कम्पनीहरुलाई स्वस्थ प्रतिस्पर्धाका लागि बाध्य पार्ने तथा अनलाइनमा फैलिने फेक न्यूज र हानिकारक ममाग्रीहरु नियन्त्रण सम्बन्धी युरोपेली आयोगको नयाँ प्रस्तावमाथि युरोपेली संसदले आगामी महिना सम्ममा आफ्नो राय दिनेछ । र, सोही राय संकलनका लागि युरोपेली संसदले दिग्गज प्रविधि कम्पनीका सिइओहरुलाई सोधपुछका लागि बोलाएको हो ।
विश्वका चार अग्रणी प्रविधि कम्पनीका सिइओहरुसँगको सुनुवाइको उद्धेश्य चाहीँ उनीहरुको वर्तमानको व्यवसायिक मोडेल तथा भावी योजनाका विषयमा बुझ्नु हेको सीईओहरुलाई पठाइएको निमन्त्रणामा उल्लेख छ ।
युरोपेली संसदले सुनुवाईका लागि बोलाए तापनि सीईओहरु उपस्थित हुने नहुने बारेमा टुंगो लागिसकेको छैन ।
त्यसअघि आगामी जनवरी २५ का दिन अल्फाबेटका सीईओ सुन्दर पिचाईले युरोपेली युनियनको एन्टी ट्रस्ट विभागका प्रमुख मार्गेथ फेस्टेगरसँग भिडियो कन्फ्रेन्समार्फत वार्ता गर्ने तय भैसकेको छ ।
युरोपेली आयोगका प्रवक्ताका अनुसार पिचाईसँगकेा वार्तामा डिजिटल तथा प्रतिस्पर्धा सँग सम्बन्धित विषयमा कुराकानी हुनेछ ।
एजेन्सी
प्रतिक्रिया 4