+
+

एनसीसी बैंकको सेयर मूल्य बढाउन चलखेल !

रोयल आचार्य रोयल आचार्य
२०७७ माघ ११ गते १६:४९

११ माघ, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडको सेयर मूल्य बढाउन चलखेल भएको आशंका गरिएको छ । साताको पहिलो दिन आइतबार अस्वभाविक रुपमले एनसीसी बैंकको सेयर मूल्य वृद्धि भएपछि नेपाल स्टक एक्सचेञ्जले समेत आशंका व्यक्त गरेको हो ।

आइतबार एनसीसी बैंकको सेयर मूल्य सर्किट ब्रेककै हाराहारीमा कारोबार भएको छ । एकैदिन १० प्रतिशतले बढ्ने वा घट्ने भए सर्किट ब्रेक लाग्छ । आइतबार एनसीसी बैंकको ९.९७ प्रतिशतले सेयर मूल्य बढेर ३ सय ६४ रुपैयाँ पुगेको छ ।

यसलाई नेप्सेले अस्वभाविक भन्दै बैंकलाई स्पष्टिकरण सोधेको हो । यस अघिको कारोकारसम्म सामान्य रुपले नै अघि बढेको भए पनि आइतबार अस्वभाविक देखिएको नेप्सेले जनाएको छ ।

नेप्सेका कामु सहायक प्रवन्धक सुवोध ढुंगेलले बैंकलाई लेखेको पत्रमा भनिएको छ, ‘११ गते नेप्सेको कारोबार प्रणालीमा उच्च खरिद चाप देखिएकाले मूल्यमा असर गर्ने कुनै सूचना तथा निर्णय गरेको भएमा सोको जानकारी ३ दिनभित्र उपलब्ध गराउन हुन अनुरोध गर्दछु ।’

सेयर बजारमा दिनदिनै रेकर्ड, ४ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक

एनसीसी बैंक अब नविल बैंकमा मर्ज हुँदैछ भन्ने केहि दिन यता हल्ला चलेको थियो । तर यो विषय वास्तविकता नभएर सेयर मूल्य बढाउनका लागि गरिएको चलखेलको आशंका गरिएको छ ।

हेर्नुस् एनसीसी बैंकलाई नेप्सेले लेखेको पत्रः

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?