+
+

पोर्चुगलका राष्ट्रपति सोउसा दोस्रो कार्यकालका लागि निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १२ गते १२:१४

१२ माघ, काठमाडौं । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सोउसा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहरको संक्रमण फैलिरहेको अवस्थामा भएको आम निर्वाचनमा सोउसाले जित हात पारेका हुन् ।

सोसियल डेमोक्रेटिक पार्टीका ७२ वर्षीय सोउसा उनले न्यानो व्यक्तित्व र समर्थकहरुसँग सेल्फि लिने बानीको कारण चर्चित छन् । उनले आम निर्वाचनमा ६१ प्रतिशत मत प्राप्त गरेका हुन् । यसअघि सन् २०१६ मा भएको निर्वाचनमा उनले ५२ प्रतिशत मत प्राप्त गरेका थिए ।

यसपटकको निर्वाचनमा पोर्चुगलका अन्य मुलुकमा बस्ने ११ लाख मानिसहरुलाई पनि मतदान गर्ने अवसर दिइएको थियो । साथै क्वारेन्टिनमा रहेका मानिसहरुले पनि मतदानको अवसर पाएका थिए ।

जित हात पारेसँगै सोउसाले आफ्नो पहिलो प्राथमिकता महामारी नियन्त्रण गर्नु रहेको बताए । उनले संसद् र सरकारसँग सद्भाव राखेर काम गर्ने बताए । आम निर्वाचनमा दोस्रो स्थानमा आएकी समाजवादी नेतृ एना गेम्सले १३ प्रतिशत मत पाएकी छिन् भने दक्षिणपन्थी नेता आन्द्रे भेन्चुराले १२ प्रतिशत मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?