Comments Add Comment

साउदी र यूएईसँगको हतियार खरिद सम्झौता रोक्ने अमेरिकाको निर्णय

Photo Credit : AP

१५ माघ, काठमाडौं । अमेरिकाले साउदी अरेबिया र यूएईसँग यसअघिको प्रशासनले गरेको हतियार खरिद सम्झौतामा अस्थायी रोक लगाउने निर्णय गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो पहिलो प्रेस ब्रिफिङमा नयाँ प्रशासनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णयमा पुनर्विचार गर्ने बताएका हुन् ।

जो बाइडनले राष्ट्रपतिको पदभार ग्रहण गरेको एक सातामा नै अमेरिकाले साउदी अरेबिया र यूएईसँगको महत्वपूर्ण हतियार सम्झौतामा रोक लगाउने निर्णय गरेको हो । राष्ट्रपति बनेसँगै बाइडनले ट्रम्प प्रशासनका निर्णयहरु उल्ट्याउँदै आएका छन् । ट्रम्पले इरानाई धेरैभन्दा धेरै दबाब दिने उद्देश्यको साथमा साउदी र यूएईसँग सम्बन्ध बढाउँदै इजरायललाई सहयोगको लागि आग्रह गरेका थिए ।

सन् २०१९ को मेमा ट्रम्पले संसद्को अवरोधबाट बच्न अमेरिकामा राष्ट्रिय इमर्जेन्सीको घोषणा गर्दै साउदी अरेबिया, यूएई र जोर्डनसँगको आठ अर्ब डलरको हतियार खरिद सम्झौतालाई अनुमति दिने निर्णय गरेका थिए । गत वर्ष ट्रम्पले साउदी अरेबियालाई २९ करोड डलरको साना सैन्य हतियार खरिदको लागि अनुमति दिएका थिए ।

साथै गत नोभेम्बर महिनामा ट्रम्प प्रशासनले संसद्लाई यूएईसँगको २३ अर्ब डलरको फाइटर जेट तथा ड्रोन खरिदको सम्झौतालाई अनुमति दिएको जानकारी गराएको थियो । यूएई इजरायलसँग कूटनीतिक सम्बन्धको लागि तयार भएको केही समयसपछि अमेरिकासँग हतियार खरिदको उक्त सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment