+
+

तुम्लिङटार विमानस्थलको धावनमार्ग मर्मत शुरु, साना जहाज मात्र उड्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १८ गते १७:२८

१८ माघ, काठमाडौं । संखुवासभाको तुम्लिङटार विमानस्थलको धावनमार्गको मर्मत सम्भार शुरु भएको छ । यससँगै यो विमानस्थलमा काठमाडौंबाट ठूला जहाजबाट भइरहेको उडान बन्द भएको छ । तुम्लिङटारमा काठमाडौंबाट बुद्ध एयरले नियमित उडान गरिरहेको थियो ।

अब विमानस्थलमा समिट एयरले ट्वीनअटर जहाजबाट सोमबारदेखि नियमित उडान थाल्नेछ । धावनमार्गको मर्मतका लागि शनिबारबाट ठूला जहाजको उडान भने बन्द भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो विमानस्थलको धावनमार्गको मर्मत १ महिना चल्ने छ । त्यतिन्जेल आधा धावनमार्गको प्रयोग गरी साना जहाजबाट भने उडान हुनेछ ।

पहाडी भेगका विमानस्थलमध्ये अहिले तुम्लिङटार नियमित र निर्वाध उडान भइरहेको विमानस्थल हो । बुद्ध एयरले समेत एक महिनाका लागि काठमाडौं-तुम्लिङटार रुटको उडान बन्द भएको जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?