+
+

प्रधानमन्त्री ओली ज्ञानेन्द्र पथमा : प्रकाशमान सिंह

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १९ गते १७:३९
फाइल तस्वीर

१९ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहको पथमा रहेको बताएका छन् ।

काठमाडौंमा सोमबार आयोजित विरोध सभामा बोल्दै उनले संसदमा विश्वासको मत लिने आँट नगर्ने प्रधानमन्त्री ओली ज्ञानेन्द्र पथमा रहेको बताएका हुन् ।

आम नेपाली जनताले सडकबाट दबाव दिएपछि ओलीको होस खुल्ने बताउँदै उनले भने, ‘ज्ञानेन्द्रले नारायणहिटी छोडेर गएजस्तै बालुवाटर छोड्नुपर्दा ओलीको होस खुल्छ ।’

ओली सरकारले हुँदै नभएको अधिकारलाई दुरूपयोग गरेर, जनभावना विपरीत संविधान कुल्चेर संसद विघटन गरेको नेता सिंहको दाबी छ । उनले ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र बदनियतपूर्ण बताउँदै यसले लोकतन्त्रमाथि प्रहार भएको बताए ।

संसदको सामना गर्ने हिम्मत नभएका ओलीले जनता छक्याउन निर्वाचनको बहान रचेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?