+
+

प्युठानमा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु, १० जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २३ गते १७:११

२३ माघ, प्युठान । प्युठानको सरुमारानीमा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

सरूमारानी गाउँपालिका–६ मोतिपुरस्थित सडकमा रा १ ज ८०९ नम्बरको गाडी अनियन्त्रित भई सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

शुक्रबार बिहान भएको दुर्घटनामा परी अर्घाखाँचीको सितगंगा नगरपालिका–८ सातमाराका ४२ वर्षीय टंकबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको छ ।

प्युठान प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका १० जनालाई जिल्ला अस्पताल बिजुवार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?