+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘केपी बा ! आई लभ यू’ भन्ने ओलीवादको अवसान सुरु भयो : भुसाल

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २३ गते २०:१७

२३ माघ, पोखरा । नेकपा प्रचण्ड– माधव समूहका नेता घनश्याम भुसालले फाँसीवादको रुपमा विकास भइरहेको ओलीवादको अवसान सुरु भइसकेको बताएका छन् ।

पञ्चायतमा मण्डलेहरु स्टेजमा आएपछि पञ्चायतको दिनगन्ती सुरु भएको भन्दै भुसालले ओलीले पनि त्यस्तै मण्डले अगाडि ल्याइरहेकाले अवसान सुरु भइसकेको चेतावनी दिए ।

पोखरामा शुक्रबार भएको विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका भुसालले अहिले जोरजोरले लागिरहेको ‘केपी बा आइ लभ यु’ भन्ने नारा ओलीवाद भएको उनको भनाइ थियो ।

‘केपी बा आई लभ यु, आई लभ यु भन्दै जोर जोरले नारा लागिरहेको छ । यसलाई ठट्टाको रुपमा नलिऔं । यो ओलीवादको फर्ममा आउँदै छ,’ भुसालले भने, ‘उहाँले बनाउन खोजेको संगठन उहाँले तोकेका मान्छेहरुको संगठन हो । यो ओलीवाद हो ।’

ओलीवादका रुपमा फाँसीवादको विकास भइरहेकाले त्यसलाई घुँडा टेकाउन किन जरुरी रहेको भुसालको भनाइ थियो ।

‘रामराज्यको परिकल्पनामा जब मण्डलेहरु स्टेजमा आए, पञ्चायतको दिनगन्ती सुरु भयो,’ भुसालले भने, ‘कमरेड ओली तपाईंले मण्डलेहरु अघि ल्याउन थाल्नुभएको छ, अब ओलीवादको अवसान सुरु भयो ।’

कम्युनिस्ट पार्टी राम्रो बनेन भने मुलुक राम्रो नबन्ने र आधुनिक दुनियाँमा असल राष्ट्र बनाउने हो भने असल पार्टी चाहिने भएकाले पनि सबै कम्युनिस्ट एक जुट हुन भुसालले आग्रह गरे । ‘कम्युनिस्ट आन्दोलनको इतिहासको गर्भमा फेरि अर्को ओली कसरी जन्मिन्न भन्ने कुराको संगठन लोकतान्त्रिक संकगठन हो,’ भुसालले भने, ‘त्यसका लागि हामी एक हुन जरुरी छ ।’

अन्त–अन्त देखेको फाँसीवाद, ट्रम्पवाद जस्ता ओलीवाद पनि नेपालमै हुन लागेको भुसालको आरोप थियो । नेता भुसालले अहिले ओलीवाद आफ्नो चरित्रसहितको पूर्ण रुपमा आएको बताए ।

ओलीको आँखामा भएका मान्छे जति सबैलाई चाकर ठान्ने र चाकर होइनन् भने तीनलाई सत्रु ठान्ने प्रवृत्ति उनमा भएको भुसालको आरोप छ ।

अर्का स्थायी कमिटी सदस्य वर्षमान पुनले केपी शर्मा ओलीले देशलाई दलाल नोकरशाही पँुजीवादको बाटोमा लगेको बताए । ओली नेतृत्वमा लुटतन्त्र मौलाएको पुनको भनाइ थियो ।

३ वर्षको ओली कार्यकालमा सरकारले भ्रष्टाचारका सञ्जालमा फसेको पुनले दाबी गरे । समाजवादी क्रान्तिकारी पार्टी बनाउने भनेर एकता गरिएकोमा ओली उल्टो बाटो हिँडेको पुनको भनाइ थियो ।

प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालले नेतृत्व गरिरहेको पार्टी नै आधिकारिक पद्धतिसंगत पार्टी भएको उनको दाबी थियो । त्यो आफुहरुले सिद्ध गरेर देखाउने पुनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?