+
+

प्रदेश १ सरकारको वार्षिकोत्सव कांग्रेस र प्रचण्ड-माधव समूहद्वारा बहिस्कार

हरि अधिकारी हरि अधिकारी
२०७७ फागुन ३ गते १०:३४

३ फागुन, विराटनगर । प्रदेश १ को तेस्रो वार्षिकोत्सवमा प्रचण्ड-माधव समूहले अघोषितरुपमा बहिस्कार गरेको छ ।

सोमबार मुख्यमन्त्री कार्यालयमा तेस्रो वार्षिकोत्सव मनाइँदैछ । वार्षिकोत्सवमा प्रचण्ड-माधव समूह सहभागी भएन । प्रचण्ड-माधव समूहका नेता इन्द्र आङ्बोले वैधता सकिएको सरकारको कार्यक्रममा सहभागी नभएको बताए । ‘सरकारको वैधता सकिएको छ,’ उनले भने, ‘वैधता सकिएको सरकारको वार्षिकोत्सबमा सहभागी हुन आवश्य ठानेनौं ।’

वार्षिकोत्सवमा नेपाली कांग्रेसले पनि सहभागिता जनाएको छैन । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले पार्टीको कार्यक्रम भएकाले सहभागी नभएको बताए ।

संसद् छल्दै हिँडेका कारण पार्टीकोतर्फबाट सहभागिता नभएको उनको भनाइ छ । ‘खबर आएको थियो तर जान आवश्यक ठानेनौं,’ उनले भने, ‘पार्टीको कार्यक्रम पनि छ । सरकार संसद छल्नतर्फ लागेको छ ।’

तर कांग्रेसबाट सांसद विन्दिया कार्की सहभागी भएकी छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?