+
+

गोरखामा बस दुर्घटना हुँदा सात जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ९ गते १६:३८

९ फागुन, गोरखा । गोरखाको आँबुखैरेनी सडक खण्डअन्तर्गत बाह्रकिलोमा आइतबार बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

गोरखाबाट नारायणगढका लागि छुटेको ग १ ख ४१०४ नम्बरको मिनीबस सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । घाइतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला ट्राफिक इन्चार्ज मित्रलाल ढकालले बताए ।

‘यात्रु कुर्ने क्रममा बसलाई स्टार्टमै राखेर चालक ओर्लेको रहेछ,’ ढकालले भने, ‘त्यही बेला गाडी एक्कासी गुड्न पुग्दा दुर्घटना भएको रहेछ ।’ केही यात्रुहरु भने गाडीबाट ओर्लन सफल भएको उनले बताए । चालक प्रहरी नियन्त्रणमा रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?