
गर्भकालीन मधुमेह, जो गर्भावस्थाको क्रममा विकास हुन्छ । सामन्यत गर्भावस्था समाप्त भएपछि यो आफै निको हुन्छ । जुन महिलालाई गर्भावस्थामा मधुमेह हुन्छ, उनीहरुलाई त्यसपछिका पा“चदेखि दश बर्षसम्म मधुमेह रहने खतरा हुन्छ । यदि त्यसको उपचार गरिएन भने आमा र बच्चा दुबैमा जटिलता निम्त्याउन सक्छ ।
कस्ता महिलामा हुनसक्छ मधुमेहको जोखिम ?
-तीस बर्षभन्दा बढी उमेरमा गर्भधारण भएकी
-परिवारमा मधुमेह भएको अवस्थामा
-आनुवांशिक अत्याधिक मोटो
-पूर्व सन्तानको डेलिभरीको समयमा बच्चाको तौल चार किलो भन्दा बढी भएको
-पूर्व प्रसवमा मृत्त बच्चा जन्मिएको
-प्रसवको बेला पेटमा अधिक पानी भएको
के छ खतरा ?
– गर्भकालीन मधुमेहले शिशुको मृत्युदरमा बृद्धि
– गर्भकालीन मधुमेहले कष्टप्रद प्रसव
-बच्चामा जन्मजात विकृति
-गर्भकालीन मधुमेहको प्रभाव बच्चामा पर्छ । गर्भमा बच्चाको आकार बढ्छ, जसले डेलिभरीमा समस्या ल्याउँछ ।
कसरी थाहा पाउने ?
सामन्यत गर्भकालीन मधुमेहको संकेत देखिदैन, जसलाई सजिलै पत्ता लगाउन सकियोस् । यद्यपी निम्नलिखित लक्षणबाट गर्भकालीन मधुमेह भएको थाहा पाउन सकिन्छ ।
-थकान
-मुख सुख्खा हुनु
-धेरै तिर्खा लाग्नु
– धेरै पिसाब आउनु
– कुनैपनि संक्रमित रोग पटक पटक हुनु
-दृष्टि धमिलो हुनु
सावधानी
– नियमित चिकित्सकीय परीक्षण गराउने
– सन्तुलित खानेकुरा लिने
– नियमित व्यायाम गर्ने
गर्भकालीन मधुमेहमा स्वास्थ्यपूर्ण आहार
– खानामा अलग-अलग किसिमको अन्न खाने
– भोजन र अन्य नास्ता नियमित रुपले लिने
– कार्बोहाइड्रेडयुक्त अन्न सेवन गर्ने
– धेरै मात्रामा चीनी भएको खानेकुरा सेवन नगर्ने
– मौसमी फल र सलाद सेवन गर्ने
-खाना खाएपछि पैदल हि“डडुल गर्ने
-धूमपान र मदिराबाट टाढै रहने
– सुगर लेभल जाँच गराइरहने
डेलिभरीपछि मधुमेह नियन्त्रण
बच्चालाई जन्म दिइसकेपछि कम मात्रामा इन्सुलिनको जरुरत हुन्छ । बच्चालाई दुध पिलाउन थालेपछि रगतमा ग्लुकोजको मात्रा कम हुन्छ । यदि बच्चालाई आफ्नो दुध पिलाउनु हुन्छ भने, अधिक पेय पदार्थको जरुरत हुन्छ ।
बच्चा जन्माइसकेपछि मधुमेह प्राय आफै ठीक हुन्छ । रगतमा ग्लुकोजमो मात्रा सामन्य स्तरमा आउ“छ । यद्यपी पा“च वा छ महिनापछि मधुमेह परीक्षण गराउनुपर्छ, ताकि ढुक्क हुन सकियोस् ।
प्रतिक्रिया 4