+
+

अवैध औषधिसहित एक व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १४ गते १६:५७

१४ फागुन, काठमाडौं । सिरहाको भन्सार गेटबाट अवैध औषधिसहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीले चेकजाँचका क्रममा ५० हजार रुपैयाँ बराबरको अवैध औषधिसहित धनुषाको धुनषाधाम नगरपालिका–९ धारापानीका ४२ वर्षीय अब्जल मन्सुरलाई शुक्रबार पक्राउ गरेको हो ।

नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले प्रदेश २–०२ ०११ प ४६४९ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको बेला मन्सुरको साथमा औषधि फेला परेको जनाइएको छ । सशस्त्र प्रहरीले उनले प्रयोग गरेको मोटरसाइकलसमेत बरामद गरेको छ ।

पक्राउ परेका मनसुरलाई बरामद औषधि र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा सशस्त्र प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?