+

बी डिभिजन लिग : महेशको निर्णायक गोलमा खुमलटार विजयी

२०७७ फागुन  १६ गते १७:५६ २०७७ फागुन १६ गते १७:५६
बी डिभिजन लिग : महेशको निर्णायक गोलमा खुमलटार विजयी

१६ फागुन, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत आइतबार भएको दोस्रो खेलमा खुमलटार युथ क्लबले झम्सिखेल युथ क्लबलाई १-० ले पराजित गरेको छ ।

खुमलटारको जितमा महेश राईले निर्णायक गोल गरे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको तेस्रो मिनेटमै महेशले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलमा थप गोल हुन नसक्दा महेशको गोल ने खुमलटारलाई जित दिलाउन निर्णायक बन्यो ।

जितपछि ८ खेलबाट १९ अंक जोडेको खुमलटारले शीर्ष स्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गरेको छ । सातदोबाटोले एक खेल कम खेलेको छ ।

समान अंक भएपनि हेड ६ हेडमा खुमलटार पछि पर्दै दोस्रो स्थानमा छ । ८ खेलबाट ६ अंक रहेको झम्सिखेल १०औं स्थानमा छ ।

लिगमा १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

शहीद स्मारक बी डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय