+
+

कर्मचारीलाई दुर्व्यवहारको आरोपमा सिमेन्ट उद्योगका महाप्रबन्धक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १८ गते १९:५८

१८ फागुन, हेटौंडा । हेटौंडाको रिद्धिसिद्धि सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्रबहादुर मल्ल महिला कर्मचारीमथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

उद्योगमै कार्यरत कर्मचारीलाई हातपात र दुर्व्यवहार गरेको भन्दै पीडितले उजुरी दिएपछि मल्ल पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको पूर्व एसएसपीसमेत रहेका मल्ललाई प्रहरीले सोमबार नै पक्राउ गरेर मंगलबार जिल्ला अदालतबाट थप ७ दिन थुनामा राख्न अनुमति लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए ।

कर्मचारीमाथि हातपात भएपछि त्यहाँ कार्यरत कर्मचारी र स्थानीय वासिन्दाले हेटौंडाको चुरियामाइस्थित सिमेन्ट उद्योग दुई दिनदेखि बन्द गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?