
२० फागुन, काठमाडौं । काठमाडौंको नागढुंगाबाट ४ हजार एम्पल थान लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ७४५० नम्बरको टाटा सुमो गाडीलाई चेकजाँच गर्ने क्रममा त्यसमा यात्रा गरी आएका बाराको सुवर्ण गाउँपालिका–७ घर भएका सोनुकुमार यादवलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको झोला चेकजाँच गर्दा लुकाइछिपाई ल्याएको औषधिजन्य लागूऔषध नुफिन १३ सय ४० थान, फेनारगन १३ सय ३० थान र डाइजेपाम १३ सय ३० थान भेटिएको प्रहरीले जनाएको छ । सोनुकुमारमाथि लागूऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4