+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
82/4 (12.6)
Shares

मोरङमा ओली समूहले राख्यो पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २४ गते १४:१६

२४ फागुन, विराटनगर । सर्वाेच्च अदालतको फैसलापछि उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले विराटनगरमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् ।

सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँदाइदिएपछि सोमबार संस्कृति, पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको मोरङ जिल्ला कार्यालय लेखिएको बोर्ड राखेका हुन् ।

विराटनगर महानगरपालिका–११ पाञ्चालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कार्यालय थियो । नेकपा विभाजनपछि सो कार्यालयमा ओली समूहले गतिविधि गर्दै आएको थियो ।

सर्वाेच्चको फैसलापछि सोमबार मदन स्मृति भवनमा नेकपाको बोर्ड हटाएर एमाले बोर्ड राखिएको छ । पार्टी एकताअघि सो कार्यालय नेकपा एमालेको नै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?