+
+

एमालेले फेर्‍यो संसदीय दलको कार्यालयको बोर्ड

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २६ गते १२:१६

२६ फागुन, काठमाडौं । नेकपा एमालेले संसदीय दलको कार्यालयबाट नेकपाको साइनबोर्ड हटाएको छ । नेकपा नामको साइनबोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ ।

संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकक्षमा राखिएको नेम प्लेटमा पनि नेकपा हटाएर नेकपा एमाले लेखिएको छ ।

सर्वोच्च अदालतको गत आइतबारको फैसलाबाट नेकपाका दुई घटक एमाले र माओवादी केन्द्र अलग–अलग भएपछि कार्यालयहरुमा साइन बोर्ड तथा नेताहरुको नेम प्लेट फेर्ने क्रम जारी छ ।

सोमबार एमालेले धुम्बाराहीस्थित पार्टी कार्यालयमा पनि नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखेको थियो । पेरिसडाँडास्थित कार्यालयमा भने माओवादी केन्द्रको बोर्ड राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?