+
+

बड्वाइजर अब नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २८ गते १७:३२

ग्लोबल ब्राण्ड बड्वाइजरले नेपालमा पनि बिक्री शुरूवात गर्ने घोषणा गरेको छ । संसारका १५० भन्दा बढी देशहरूमा ठूलो सफलता प्राप्त गरिसकेको लोकप्रिय अमेरिकी शैलीको लागर बियर बड्वाइजरको स्वाद अब नेपाली उपभोक्ताहरूले समेत मज्जा लिन पाउने भएका हुन् । बड्वाइजरको लन्चसंगै एबि इन्बेभले आफ्नो उत्पादन लाइन विस्तार गर्नका लागि उपभोक्ता प्राथमिकताहरू विकास गर्ने र देशमा बियर खण्डलाई पुनः परिभाषित गर्ने लक्ष्य राखेको जनाएको छ ।

एबि इन्बेभले जावालाखेल ग्रुप अफ इण्डष्ट्रिज अन्तर्गतको राज ब्रुअरीसँग एक विशेष साझेदारीमार्फत फोस्टर्स बियर प्रवेश गराउँदै आफ्नो आगमन जनाइसकेको छ ।

बड्वाइजरको नेपालमा सुरुवातको क्रममा, कार्तिकेय शर्मा, एबि इन्बेभ– भारत र दक्षिण पूर्व एशियाका अध्यक्षले भने, “हामी नेपालमा हाम्रा उपभोक्ताहरूका लागि बड्वाइजर सबैभन्दा लोकप्रिय ग्लोबल बियर ब्राण्ड हो भनेर परिचय गराउन पाउँदा खुसी छौं । बढ्दो युवा जनसङ्ख्या र बियर रुचाउने जमातका कारण नेपाल हाम्रो लागि एउटा महत्वपूर्ण बजार रहेको छ । नेपालको प्रतिष्ठित ब्रुअरी, राज ब्रुअरीसंगको हाम्रो सहकार्यले नेपालमा हाम्रो प्रतिवद्धता जाहेर गर्दछ ।”

बड्वाइजरको सुरुवात सन् १८७६ मा संयुक्त राज्य अमेरिकामा एक अमेरिकन स्टाइल लागर बियरको रुपमा भएको थियो । आजपनि बड्वाइजर १४० वर्ष को ब्रुइङ्ग प्रकृयाको माध्यमबाट आफ्नो बेग्लै पहिचान र संसारभर आफ्नो अलग्गै छाप छोड्न सफल भएको छ । उत्तम सन्तुलन र स्वादको लागि बड्वाइजर आयातित सुगन्धित हप्स, माल्टेड जौ र चामलको समिश्रणबाट बनाइन्छ ।

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले भने, “राज बु्रअरीलाई विश्वव्यापी बियर जाएन्ट एबि इन्बेभले छनौट गरि विश्वको सबैभन्दा लोकप्रिय बियर नेपालमै उत्पादन गर्न दिनु हाम्रो लागि एकदमै सम्मानको कुरा हो । यो सम्भव हुनुको मुख्य कारण राज बु्रअरी दक्षिण एसियाको सर्वोत्कृष्ट मध्यको एक बु्रअरी रहेर पनि हो ।”

यस्तै इण्डष्ट्रिजका गु्रप कार्यकारी निर्देशक सशीन जोशीले भने, “हामी विश्वको सबैभन्दा प्रतिष्ठित ब्रान्ड बड्वाइजर नेपालमा भित्राएर नेपाली युवाको यस बियरको चाहना पूर्ति गर्न एबि इन्वेभसंग सहकार्य गर्न पाएकोमा एकदमै उत्साहित छौँ । जावलाखेल गु्रप अफ इण्डष्ट्रिज नेपाली उपभोक्ताहरुलाई उत्कृष्ट र सर्वश्रेष्ठ गुणस्तरका उत्पादनहरुको अनुभव प्रदान गर्न सधैँ प्रतिवद्ध रहेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?