+
+

थप ७९ जनामा कोरोना संक्रमण पुष्टि, ७५ जना निको

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते १६:३८

२ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ३ हजार ३११ जनाको नमुना परीक्षण गर्दा ७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ३१० पुगेको छ । उनीहरुमध्ये गत २४ घण्टामा ७५ जनासहित २ लाख ७१ हजार ४०१ जना निको भएका छन् भने ३ हजार १४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८९५ रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?