+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

इजाजत नलिई साहसिक मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरे कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३ गते १७:३३
फाइल तस्वीर

३ चैत, काठमाडौं । सरकारले साहसिक खेल तथा मनोरञ्जनात्मक गतिविधि गर्नुपूर्व अनिवार्य इजाजत लिन ध्यानाकर्षण गराएको छ । पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० अनुसार साहसिक तथा मनोरञ्जनात्मक खेल तथा क्रियाकलाप सञ्चालन गर्नु भन्दा अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागबाट अनिवार्य इजाजत लिनुपर्छ । तर, देशका विभिन्न स्थानमा बिना अनुमति यस्तो गतिविधि बढेको गुनासो आएपछि सूचना जारी गरिएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए ।

‘अनुमति नलिई देशभर यस्तो गतिविधि बढेको गुनासो आएको छ,’ उनले भने, ‘सेवा सञ्चालकलाई जिम्मेवार बनाउन समेत सचेत गराएका हौं ।’ केही साता अगाडी कार रेस खेल्ने क्रममा काभ्रेमा एक युवकको दुर्घटनामा परी मृत्यु भएको थियो । यो शाहसिक मनोरञ्जनात्मक  गतिविधि पर्यटन विभागमा दर्ता छैन । तामाङका अनुसार कतिपय स्थानमा जीपलाइन, बन्जीको समेत अनुमति नलिइएको गुनासो आएको भन्दै यसबारे विस्तृतमा बुझ्ने काम भइरहेको समेत जानकारी दिए ।

विभागले अहिले देशभर यस्तो गतिविधि भइरहेको भए ३५ दिन भित्र निर्देशिकाको प्रावधान पूरा गरी इजाजत लिन समेत विभागले आग्रह गरेको छ । प्रक्रिया पूरा गरी इजाजत नलिएका यस्ता गतिविधिबारे कानुन बमोजिम हुने चेतावनी विभागले दिएको छ । पछिल्लो समय देशकार विभिन्न स्थानमा प्याराग्लाइडिङको परीक्षण भइरहेको छ । यसका लागि भने नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिनुपर्छ । अनुमति बिना सञ्चालन भएमा सबै प्रकारका गतिविधि गराउने सञ्चालकलाई कानुन अनुसार कारबाही हुने तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?