+
+

मेगा बैंक बन्यो एसियाली विकास बैंकको साझेदार बैंक

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ५ गते १७:०७

५ चैत, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड एसियाली विकास बैंक (एडीबी)को साझेदार बैंक बनेको छ । नेपालका ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा बैंक एसियाली विकास बैंकको आठौं साझेदार बैंक बनेको हो ।

दिगो विकास लक्ष्यका अवधारणाहरुलाई पालना गर्दै सदस्य राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरुमार्फत साना, मझौला व्यवसाय तथा उत्पादनमुलक उद्योग व्यवसायलाई प्रबर्द्धन गर्ने उद्देश्यले एसियाली विकास बैंकले अन्तरदेशीय ब्यापारका लागि ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम ल्याएको मेगा बैंकले जनाएको छ । नेपालका साना तथा मझौला व्यवसाय तथा उत्पादनमुलक क्षेत्रलाई प्रबर्द्धन गर्ने उद्देश्यले नै मेगा बैंक र एडीबी बीच साझेदारी भएको मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले जानकारी दिइन् ।

यो साझेदारीपछि मेगा बैंकमार्फत अन्तर्राष्ट्रिय ब्यापार तथा व्यवसाय गर्ने ग्राहकहरुलाई अब कारोबार गर्न सहज हुने उनले बताइन् । सामान आयात तथा निर्यातका लागि प्रतीत पत्र जारी गर्दा एसियाली विकास बैंकले प्रत्याभूति पत्र (ग्यारेन्टी) दिने काम गर्छ । जसले नेपालको व्यवसाय प्रबर्द्धन गर्न मद्दत मिल्नुका साथै रोजगारी सिर्जनामा पनि पनि सहयोग मिल्ने मेगा बैंकले विश्वास लिएको छ ।

खुञ्जेलीले भनिन्, ‘एडीबीको साझेदार बन्न पाउनु मेगा बैंकका लागि गर्वको कुरा हो, मेगा बैंकका ग्राहकहरुलाई अब अन्तरदेशीय व्यवसाय गर्न थप सहज र सरल हुने विश्वास लिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?