Comments Add Comment

‘कमेडी च्याम्पियन २’को प्रिमियर

२ साता अगाडिबाट प्रशारण सुरु भएको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को प्रिमियर बिहिबार आयोजना गरिएको छ । काठमाण्डौको छाया सेन्टरमा यो शोको पहिलो भाग देखाइएको थियो । प्रिमियरमा अडिसनबाट उत्कृष्ट २४ मा पर्न सफल प्रतिस्पर्धीहरु पनि सहभागी थिए । उनीहरुले, कमेडी च्याम्पियनको मञ्च आफूहरुका लागि विशेष रहेको बताए ।

दर्शकले आज बेलुकी ९ बजे प्रशारण हुने शोमा निर्णायक मनोज गजुरेल र हाँस्यकलाकार सुवोध गौतमको प्रस्तुति हेर्न पाउनेछन् । यस्तै, उत्कृष्ट २४ मा परेका प्रतिस्पर्धीमध्येबाट ४ जनाको प्रस्तुती पनि दर्शकले हेर्न पाउनेछन् । आज प्रशारण हुने शोमा विक्की अग्रवाल, कैलाश कार्की, सन्तोष थापा र सुन्दर खनालको प्रस्तुती प्रशारण हुनेछ ।

फागुण २१ बाट यो शोको अडिसन प्रशारण भएको थियो । यसबर्ष शोका लागि ६ हजार भन्दा धेरैको आवेदन परेको बताइएको छ । जसमध्ये १ सय २० जनाले फिजिकल अडिसन दिएका थिए । शोमा हाँस्य कलाकार सन्तोष पन्त, मनोज गजुरेल, नायिका ऋचा शर्मा र निर्देशक प्रदिप भट्टराई निर्णायकको रुपमा छने ।

विशाल भण्डारीले निर्देशन गरेको यो शोका कार्यकारी निर्माता केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी र राज घिमिरे छन् । कान्तिपुर टेलिभिजनमा यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ९ बजेबाट प्रशारण हुँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment