
फाइल तस्वीर
९ चैत, काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले फास्ट ट्र्याक निर्माणका क्रममा विभिन्न अनियमितता भएको भन्दै अध्ययनका लागि उपसमिति गठन गरेको छ ।
सोमबार बसेको समितिको बैठकले नेकपा एमालेका सांसद गणेश पहाडीको संयोजक र जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल रहेको समिति गठन गरेको हो ।
उक्त समितिले फास्ट ट्र्याक निर्माणमा नेपाली सेनाले गर्ने ठेकेदार छनोट, पुल निर्माणमा भएको भनिएको अनियमितता, खोकनामा भएको विवाद, निर्माणका क्रममा भएका लापरवाहीलगायतका विषयमा अध्ययन गर्ने समिति सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन् ।
समितिलाई दुई महिनाको समय दिइएको छ । काठमाडौंबाट तराई जोड्ने फास्ट ट्र्याकको निर्माण नेपाली सेनाले गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4