+
+

विराटनगरमा फेरि बढ्यो कोरोना सङ्क्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ११ गते १८:२५

११ चैत, मोरङ । करीब तीन महिना कोरोना सङ्क्रमित नभेटिएको विराटनगरमा पुन: कोरोना सङ्क्रमित भेटिन थालेका छन् । बुधबार मात्रै विराटनगरमा दश जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार प्रदेश १ मा १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ती मध्ये ६ महिला र ४ पुरुष विराटनगरका हुन् । यो सँगै विराटनगरमा कोरोना सङ्क्रमितको संख्या १७ पुगेको छ ।

विराटनगरमा सङ्क्रमण देखिएकाहरुको ट्राभल हिस्ट्री भारतसँग जोडिएको छ । भारतबाट आएकाहरुमा कोरोना सङ्क्रमण देखिएकाका कारण दोस्रो चरणको सङ्क्रमण हुनसक्ने महानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?