+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सरकारले भन्यो : विद्यालयमा भिड नगरौं, मास्क अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १२ गते १६:५५

१२ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमण फेरि बढ्न सक्ने भन्दै विद्यालयहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले सूचना जारी गरी शिक्षण संस्थामा मास्क, सेनिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने, ज्वरो नाप्ने, संक्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा लैजाने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

त्यस्तै विद्यालयमा भिडभाड नहुने गरी पठनपाठन सञ्चालन गर्न, वार्षिक उत्सव, सभा, समारोह नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

सूचनामा सबै प्रकारका शिक्षण संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको जनस्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्ड र विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ को पूर्ण अनुशरण गर्न पनि आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?