+
+

विश्व वित्तीय सप्ताहको अवसरमा लक्ष्मी बैंकद्वारा सातै प्रदेशमा विविध कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १६ गते १३:०९

१६ चैत, काठमाडौं । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक) २०२१ को अवसरमा लक्ष्मी बैंकले सातै प्रदेशमा विविध कार्यक्रमको आयोजना गरेको छ ।

बैंकको वित्तीय साक्षरता आभियान अन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयहरुका करिब एक हजारभन्दा बढी विद्यार्थीहरुलाई सामान्य वित्तीय साक्षरता सम्बन्धी कक्षा सञ्चालन गरी बचतको महत्व बुझाउदैं खुत्रुके वितरण गरिएको बैंकले जनाएको छ । यसका साथै युवाहरुमा प्रविधिको प्रयोग गरी बैकिङ गर्ने बानीको विकास गर्नेे उदेश्यले विभिन्न व्यवसायमा आवद्ध साना व्यवसायीहरुलाई डिजिटल बैंकिंङको प्रयोग सम्बन्धी ३ वटा तालिम सत्र सञ्चालन गरिएको बैंकले जनाएको छ।

यसै गरी लक्ष्मी बैंकको परिकल्पना तथा सौजन्यमा निर्मित वित्तीय साक्षरता अभिवृद्धि सम्बन्धी वृत्तचित्र “समृद्धिको अभियान, लक्ष्य वित्तीय ज्ञान” नेपाल टेलिभिजनबाट २०७७ चैत्र १० गते तथा चैत्र १५ गते प्रसारण गरिएको थियो । बैंकका अनुसार विश्व वित्तीय सप्ताहकै उपलक्ष्यमा वित्तीय जानकारी सहितको नव वर्ष २०७८ सालको वार्षिक भित्तेपात्रो (क्यालेन्डर) को पॉचौ संस्करणको विमोचन गरिएको थियो । २० हजार प्रति क्यालेन्डर छापी सात वटै प्रदेशका दुर्गम क्षेत्रमा यस्तो क्यालेन्डर वितरण गर्ने तयारी गरिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता अभियानलाई प्रमुख प्राथमिकतामा राख्दै यसअघि पनि विभिन्न सहभागितामूलक तथा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ । भविष्यमा पनि यसलाई निरन्तरता दिँदै अधिकतम जनसमुदायमाझ वित्तीय सचेतना फैलाई वित्तीय पहुँच विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?