
१७ चैत, विराटनगर । मोरङको बेलबारी नगरपालिका–३ मा एक पुरुष मृत भेटिएका छन् । सोमबार दिउँसो लोहोन्द्रा खोलानजिक अन्दाजी ५५ वर्षीय पुरुष मृत भेटिएका हुन् ।
मंगोलियन अनुहार जस्तो देखिने पुरुषको पहिचान खुलेको छैन । पिपलको रुखमुनि म्याट ओछ्याएर र झोलाको सिरानी लगाएर सुतिरहेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले बताए । स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार ती व्यक्ति सडक किनारमा मागेर गुजारा चलाउँदै आएका थिए ।
शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । मृतकको शरीरमा कुनै चोटपटक नभएकाले पोष्टमार्टम रिपोर्टपछि वास्तविकता बाहिर आउने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4