Comments Add Comment

माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

१८ चैत्र, डोटी । डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका–८ उग्रतारा मन्दिर फेदमा रातो माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर अमरगढी–७ कि अन्दाजी ४५ वर्षीया नारुदेवी ऐरीको मृत्यु भएको हो । घटनामा अन्य दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय शारदा ऐरी र कल्पना विक रहेका छन् । बिशु पर्वको अवसरमा घर पोत्नका लागि रातो माटो खन्ने क्रममा चार जना महिला पुरिएका थिए । चार जनामध्ये तीनजनाको उद्दार गरिएको डडेल्धुरा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए। उद्दार गरिएका तीन जनामध्ये एकजना सकुशल छिन् ।

घाइते दुईजनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सुदूरपश्चिका पहाडी जिल्लाहरुमा बिशु पर्वको अवसरमा रातो माटो र कमेरो माटोले घर छ्यापेर चिटिक्क बनाउने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment