+

एनभीए क्लब लिग भलिबल : बुलबुले राराविरुद्ध एपीएफको संघर्षपूर्ण जित

२०७७ चैत  १९ गते १९:४५ २०७७ चैत १९ गते १९:४५
एनभीए क्लब लिग भलिबल : बुलबुले राराविरुद्ध एपीएफको संघर्षपूर्ण जित

१९ चैत काठमाडौं । पाँचौं आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा विभागीय टिम एपीएफले विजयी शुरुवात गरेको छ ।

नेपाल भलिबल संघको आयोजनामा बिहिबारदेखि सुरु भएको प्रतियोगितामा एपीएफले पुरुषतर्फ विजयी शुरुवात गरेको हो । दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा एपीएफले तीन पाकिस्तानी खेलाडी सहभागी भएको बुलबुले रारा क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा एपीएफले बुलबुलेलाई पहिलो सेटमा २५–२० ले हरायो । दोस्रो सेट टाइ ब्रेकमा २८–२६ ले जित्दै एपीएफले २–० को अग्रता बनायो । तर तेस्रो सेट बुलबुलेले २५–१८ ले आफ्नो पक्षमा पार्दै खेल २–१ को अवस्थामा पुर्‍यायो ।

रोमाञ्चक बनेको चौथो सेट एपीएफले ३२–३० ले जित्दै खेल ३–१ ले आफ्नो पक्षमा पार्‍यो ।

 

एनभीए भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय