+
+

अजोड इन्स्योरेन्सलाई हकप्रद निष्कासनमा रोक

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २४ गते १९:५६
फाइल तस्वीर

२४ चैत, काठमाडौं । अजोड इन्स्योरेन्सलाई हकप्रद निष्कासन गराउन नियामक निकायले रोक लगाउने भएको छ । इन्साइडर ट्रेडिङ भएको उजुरी परेपछि बीमा समितिले हकप्रद निष्कासनमै रोक लगाइदिने भएको हो ।

आगामी साधारणसभामा हकप्रद निष्कासनको प्रस्ताव नै नलैजान निर्देशन दिइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनका अनुसार अब कम्पनीले यस वर्ष हकप्रद निष्कासन नै गर्न पाउने छैन ।

अजोडको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको भोलिपल्टै १७ चैतमा ५० प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेको थियो । समग्रमा बजार घट्दा समेत अजोडको त्यसदिन पोजिटिभ सर्किट लेभलमा सेयर कारोबार भएको थियो ।

सेयर मूल्य आकासिएको भोलिपल्टै ५० प्रतिशत हकप्रद घोषणा गरिएपछि अजोडको १७ गते भएको कारोबारलाई शंकास्पद रुपमा हेरिएको थियो । इन्साइडर ट्रेडिङ (सूचना चुहाएर कारोबार) भएको भन्दै लगानीकर्ताहरुले कारोबार नै रद्द गर्नु पर्ने माग गर्दै नेपाल धितोपत्र बोर्डमा उजुरी समेत गरेका थिए ।

यस विषयमा एक जना निर्देशकको संयोजकत्वमा छानविन समिति बनाएर छानविन समेत भइरहेको बोर्डले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?