+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘शारीरिक अभ्यास मोटोपन घटाउन मात्रै होइन’

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २९ गते ९:१०

शारीरिक गतिविधिले व्यक्तिहरूको कुल ऊर्जा खर्च बढाउँछ, जसले अभ्यासरत व्यक्तिको शरीरमा ऊर्जा सन्तुलित हुन्छ । जसले शरीरको वजन पनि कम हुन जान्छ ।
जबसम्म उनीहरूले शरीरमा अतिरिक्त क्यालोरीहरूको क्षतिपूर्ति हुनेगरी अधिक खाना खाँदैनन्, शारीरिक गतिविधिले कम्मर र शरीरको वरिपरि रहेको बोसो घटाउने गर्छ, जसले हाम्रो शरीरलाई मोटोपनाबाट कम गराउने गर्छ । तर के शारीरिक अभ्यास यही मोटोपना कम गराउनको लागि मात्रै हो त ? यसलाई फिटनेस सेन्टर सञ्चालन गरेर बसेका फिटनेस गुरुहरु भने स्वीकार्ने गर्दैनन् ।

विलासी जीवनशैलीका कारण पछिल्लो समय धेरैमा मोटोपनाको समस्या देखिने गरेको छ । मोटोपनासँगै यसमा धेरै दीर्घकालीन समस्या समेत देखिने गर्छ । त्यसैले मान्छे मोटोपनाको उपचारको लागि नियमित अभ्यासमा जाने गर्छन् र तौल घटेपछि आफैँ निस्कृय हुँदै जान्छन् । जिम जाने धेरै मान्छेमध्ये धेरैको ध्येय मोटोपन घटाउन र सिक्स प्याकको लागि मात्रै अभ्यासमा सक्रिय हुने मात्रै रहेको पाइन्छ । तर के शारीरिक अभ्यास मोटोपन घटाउन र सिक्स प्याकको लागि मात्रै हो त ?

न्युरोड र थापाथलीमा फिटनेस ग्यारेज सञ्चालन गर्दै आएका सुरेश सुवेदी फिटनेसको एउटा निश्चित समस्या समाधानको लागि मात्रै नभएर फरक फरक उद्देश्यको लागि शारीरिक अभ्यास उपयोगी हुने बताउँछन् । स्वच्छ शरीरबाट नै स्वच्छ मस्तिष्कको प्रयोग हुने भएकोले यो केवल शारीरिक तन्दुरुस्तीको लागि मात्रै उपयोगी भने नहुने दाबी गर्छन् । गर्भवतीले गर्ने शारीरिक अभ्यासले डेलिभरीको समय होस् या आमा र बच्चाको स्वास्थ्यलाई फाइदा गर्छ भने एक वृद्धावस्थाको व्यक्तिलाई शरीरमा हुने दुखाइ कम गर्न पनि यो प्रभावकारी देखिन्छ । फिटनेस शैली फरक भएपनि त्यसको लागि चिकित्सकसँगको परामर्श भने सबै उमेरसमूहका व्यक्तिको लागि अनिवार्य हुन्छ ।

सुवेदी १५/१६ वर्षदेखि ६८ वर्षसम्मका मान्छेहरु आफ्नो शारीरिक अभ्यास केन्द्रमा नियमित अभ्यासको लागि आउने भन्दै तीमध्ये अधिकांश मोटोपन कम गर्न नभएर नियमित शारीरिक एवं मानसिक तन्दुरुस्तीको लागि जिम जाने गरेका छन् ।

कतिपयमा जिम गएर छाड्यो भने मोटाइन्छ भन्ने मान्यता पनि हुने गरेको भन्दै सुवेदी भन्छन् ‘यो भनाइमा आंशिक सत्यता भए पनि त्यो नित्तान्त जिम जाने बेलामा खानेगरेको बढी पौष्टिक तत्वका कारणले देखिने असर हो । त्यसपछि सक्रिय जीवन जिउन सकिएन भने यसले झनै समस्या निम्त्याउन सक्ने उनी बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?