+
+

एमाले महाधिवेशन आयोजक समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १० गते ८:५५
फाइल तस्वीर

१० वैशाख, काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठक बस्दै छ । बैठक शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै आएको माधव नेपाल पक्षसँग एक्लाएक्लै छलफल गरेपछि बोलाइएको महाधिवेशन आयोजक समितिको बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ । आजको बैठकबाट ओलीले नेपाल पक्षका केही नेताहरुलाई कारबाहीको निर्णय गर्न सक्ने अनुमान छ ।

यसअघि वैशाख ६ गते बसेको महाधिवेशन आयोजक समितिको बैठक नेपाल पक्षले बहिस्कार गरेको थियो । सो बैठकले नेपाल पक्षका २७ सांसदहरूलाई पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

पार्टी अनुशासन विपरीत गुटबन्दी गरेको आरोप ओली समूहले नेपाल समूहलाई लगाउँदै आएको छ । यही बीचमा कर्णाली प्रदेशसभामा पार्टीको ह्वीप उल्लंघन गरेर माओवादी केन्द्र नेतृत्वको सरकार जोगाइदिएपछि ओली झन् रुष्ट भएका छन् । बालुवाटार बैठकबाट फ्लोर क्रस गर्ने नेताहरुलाई कारबाहीको निर्णय हुन सक्ने एक नेताले बताए ।

महाधिवेशन आयोजक समितिको बैठक अघि ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँग नक्शालस्थित मेरियट होटलमा दुई दिनसम्म छलफल गरेका थिए । तर सो छलफल पनि निष्कर्षविहीन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?