+
+

प्रदेश २ को स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशकमा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ११ गते १३:४०

११ वैशाख, जनकपुरधाम । प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत वैशाख ६ गते नै कोरोना संक्रमण पुष्टि भएका झा होम आइसोलेसनमै रहेर उपचार गराइरहँदा अवस्था जटिल भएपछि थप उपचारका लागि पाटन हस्पिटल ललितपुरमा भर्ना गरिएको छ ।

‘कोरोना पोजेटिभ भएपछि घरमै उपचार गराइरहनुभएको थियो । शुक्रबारदेखि लगातार ज्वरो आएपछि उहाँलाई एम्बुलेन्स मार्फत् पाटन अस्पताल लगिएको छ,’ निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवले भने, ‘शनिबार विहान ३ बजे उहाँ पाटन अस्पताल पुगेर उपचार गराउन शुरु गरिसक्नुभएको छ ।’

निमित्त निर्देशक झा गत वर्षदेखि शुरु भएको कोरोनाकालमा नियमित खट्दै आएका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?