+
+

एफसी चितवनलाई आईएमई ग्रुपद्वारा सञ्चालित गेम अन प्रालिको साथ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १२ गते १३:३०

१२ वैशाख, काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित गेम अन प्रालिले नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली एफसी चितवनका लागि जर्सी र प्रायोजकहरु सार्वजनिक गरेको छ ।

शनिबार पानीपोखरीस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच एफसी चितवनका प्रवन्ध निर्देशक सचिन ढकाल र लि–निङका प्रवन्धक कृतराज महर्जनले संयूक्त रूपमा जर्सी सार्वजनिक गरेका थिए । शनिबारदेखि सुरु भएको लिगमा एफसी चितवनका खेलाडी एवम् सम्बद्धले लि–निङ ब्राण्डका पोशाक पहिरने छन् । डीस होम फाइबर नेट मूख्य प्रायोजक रहेको एफसी चितवनमा आईएमई लिमिटेड, आईएमई पे, आईएमई लाइफ, आईएमई जनरल इन्सोरेन्स, आईएमई ट्राभल, हिमालयज अन टप, अनकोर मिडियाले प्रायोजन गर्नेछन् ।

उक्त कार्यक्रममा गेमअन प्रालि एवम् एफसी चितवनका प्रवन्ध निर्देशक सचिन ढकाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंह, जर्सीका प्रायोजक लि–निङ नेपालका प्रवन्धक कृतराज महर्जन, एफसी चितवनका मूख्य प्रशिक्षक मेघराज केसी, मार्की प्लेयर भरत खवास, टीम म्यानेजर रूपेश अधिकारी र आइएमई फाउन्डेसनका कार्यक्रम संयोजक राजु पौडेललगायतले सम्बोधन गरेका थिए ।

जर्सी सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै एफसी चितवनका प्रवन्ध निर्देशक ढकालले कोभिड– १९ को अप्ठ्यारोमा परिस्थितिमा हुन लागेको यस प्रतियोगितामा एफसी चितवनले हाम्रो सपनालाई साकार पार्ने विश्वास व्यक्त गरे ।

अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको यस्तो प्रतियोगिता नेपालमा पहिलोपटक गर्न लागिएको बताउँदै प्रवन्ध निर्देशक ढकालले यो प्रतियोगितापछि नेपाली फुटबलको नयाँ कोर्ष शुरू हुने बताए । विश्वकपमा अर्कै देशको टीमलाई समर्थन गर्दै खेलको मनोरन्जन लिनुपरेको स्मरण गर्दै ढकालले त्यस्तो अवस्थालाई अन्त्य गर्न आसन्न प्रतियोगितामा आइएमई ग्रुप अन्तर्गत सञ्चालित गेम अन प्रालिले एफसी चितवन टीमको स्वामित्व ग्रहण गरेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंहले फेन्चाइज प्रतियोगितामा विभिन्न व्यावसायिक समूहहरू विभिन्न टीमको स्वामित्व ग्रहण गरेपछि नेपाली फुटबल नयाँ यूगमा प्रवेश गरेको प्रतिक्रिया दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गेमअन प्रालि एवम् एफसी चितवनसँग आवद्व संस्था आईएमई फाउन्डेसनका कार्यक्रम संयोजक राजु पौडेलले यो प्रतियोगिता आईएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हुन लागिरहेको जानकारी दिँदै एफसी चितवन टीमलाई ट्रफी चुम्न सफलता प्राप्त होस् भनि शुभकामना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?