+
+

कर्मचारीमा कोरोना देखिएपछि प्रदेश २ को प्रदेशसभा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १३ गते १९:१२

१३ वैशाख, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

प्रदेशसभाका तीनजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको हो । प्रदेशसभाको पाँचौ अधिवेशन गत चैत ३० गतेबाट शुरु भएको छ । सोही दिन पहिलो बैठक बस्दा १० वैशाखमा दोस्रो बैठक बसेको थियो ।

वैशाख १४ गते मंगलबार तेस्रो बैठक बस्ने मिति तय भएपनि तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

तीनजना कर्मचारीमा सक्रमण देखिएपछि आफूसहित अन्य कर्मचारीको पनि स्वाब परीक्षणका लागि दिइएको उनले बताए । ‘जोखिम नलिउँ भनेर अन्य कर्मचारीको पनि स्वाब परीक्षणका लागि दिएका हौं,’ उनले भने, ‘त्यहीं भएर अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको छ ।’

पाँचौ अधिवेशन शुरु भएपछि प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रक्रिया शुरु भएको छ । प्रदेशको नामका लागि मधेस, जानकी, जनक, मध्य मधेस र मिथिला–भोजपुरा प्रस्ताव दर्ता भएको छ भने राजधानीका लागि जनकपुरधाम र वीरगञ्ज प्रस्ताव दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?