+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

महामारीमा अखाद्य वस्तु बिक्री भएको पाइए उजुरी गर्न विभागको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते १३:१९
फाइल तस्वीर

१९ वैशाख, काठमाडौं । कोरोना महामारीको मौका छोपी अखाद्य वस्तुको बिक्री वितरण भएको पाइए उजुरी गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई आग्रह गरेको छ ।

विषम परिस्थितिको फाइदा उठाउँदै अखाद्य वस्तुको बिक्री तथा राहत वितरण हुन सक्ने भन्दै सचेत रहन विभागले एक सूचना जारी गर्दै उपभोक्तालाई आग्रह गरेको हो । ‘विषम परिस्थितिमा अखाद्य वस्तुको बिक्री वितरण तथा राहत वितरण हुन सक्छ, त्यसरी बिक्री भएको खाद्यान्नमा कुनै कैफियत वा अखाद्य वस्तुको आशंका लागे तत्काल सम्पर्क गर्न विभाग अनुरोध गर्दछ,’ विभागद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

विभागले उपभोक्ताको गुनासो सम्बोधन गर्न विभिन्न हटलाइन नम्बरहरु पनि जारी गरेको छ । विभागको केन्द्रीय कार्यालय बबरमहल तथा देशभरका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा उपभोक्ताले सम्पर्क गर्न सक्ने विभागले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?