Comments Add Comment

कांग्रेस सभापति देउवालाई भेट्न बूढानीलकण्ठ पुगे माधव नेपाल

२३ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न नेता नेपाल बूढानीलकण्ठ पुगेका हुन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवालाई भेटेको भोलिपल्टै नेता नेपाल बूढानीलकण्ठ पुगेका हुन् । आफू निकट नेताहरुसहित ओली पनि बूढानिलकण्ठ पुगेका थिए ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने भएपछि नेताहरुको भेटवार्ता बाक्लो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment