+
+
Shares

गणेशमान अस्पतालले पनि भन्यो– नयाँ बिरामी भर्ना लिन सकिँदैन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २६ गते ८:२३

२६ वैशाख, काठमाडौं । काठमाडौंका अस्पतालहरुले अक्सिजन अभावलाई कारण देखाउँदै नयाँ बिरामी भर्ना गर्न नसकिने सूचना धमाधम जारी गर्न थालेका छन् । यसरी सूचना जारी गर्नेमा ललितपुरको महालक्ष्मीस्थानमा अवस्थित गणेशमान सिंह मेमोरियल अस्पताल पनि थपिएको छ ।

गणेशमान सिंह मेमोरियल अस्पतालले अक्सिजन आपूर्तिमा आएको असामान्य परिस्थितिले गर्दा मौजदात केही समयभन्दा बढी नरहेकाले कुनै पनि ठूलो दुर्घटना हुन सक्ने परिस्थितिलाई मध्यनजर गर्दै नयाँ बिरामी भर्ना गर्न नसकिने जनाएको छ ।

भएका बिरामीलाई पनि अन्य अस्पतालमा सार्ने प्रयास भइरहेको सो अस्पतालले जनाएको छ । सो अस्पतालले अक्सिजन आपूर्तिको पहलका लागि सम्पूर्ण सरोकारवालाई अनुरोध समेत गरेको छ ।

यसअघि चाबहिल क्षेत्रका मेडिकेयर, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु र हेल्पिङ ह्याण्ड्स अस्पतालले संयुक्त वक्तव्य जारी गर्दै अक्सिजन आपूर्ति सहज नभएकाले नयाँ संक्रमितलाई भर्ना गरी उपचारलाई निरन्तरता दिन नसक्ने घोषणा गरेका थिए । उनीहरुले अक्सिजनको नियमित आपूर्ति नहुँदासम्म सीमित शय्यामा मात्र सेवा प्रदान गर्ने घोषणा गरेका छन् ।

सरकारले अक्सिजन अभाव हुन नदिने जनाए पनि राजधानी काठमाडौं उपत्यकाकै धेरै अस्पतालहरुले अक्सिजन अभाव भएको जनाउँदै आएका छन् । यसअघि अक्सिजन अभावका कारण भक्तपुरको कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?