+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वनमन्त्रीको निर्देशन : पशुपतिमा दाउरा कमी नहोस्

रासस रासस
२०७८ जेठ २ गते २०:१३

२ जेठ, काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन् ।

पशुपतिमा शव जलाउन दाउरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको निकाय नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडेललाई पशुपतिस्थित आर्यघाट क्षेत्रमा शवदाहका लागि आवश्यक पर्ने दाउरा कमी हुन नदिन निर्देशन दिएका हुन् ।

कोरोना सङ्क्रमणका कारण दैनिक मृतको सङ्ख्या बढीरहेको छ । नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक पौडेलले शव जलाउनका लागि आफूहरूसँग कम्तीमा पनि एक महिनाका लागि दाउरा पुग्ने जानकारी दिए ।

‘रौतहट, बारा जिल्लाबाट दाउरा ढुवानी भएर आउँदैछ, उक्त दाउरा आइपुगे कम्तीमा पनि एक महिनाका लागि शव जलाउन पुग्नेछ’ उनले भने ।

अन्य निजी क्षेत्रसँगको सहकार्यमा दाउरा ल्याउनका लागि पहल भइरहेको महाप्रबन्धक पौडेलले जानकारी दिए । पछिल्लो दुई/तीनयता पशुपतिस्थित आर्यघाटमा कोरोनाका कारण मृत्यु भएका दिनमा १०० देखि १०४ वटा शव व्यवस्थापन हुँदै आएको छ ।

पशुपति क्षेत्रस्थित नेपाल वन निगम लिमिटेडको डिपो कार्यालयका इञ्चार्ज द्रोण पोख्रेलले कोरोनाबाट मृत्यु भएकाको एक शव जलाउन कम्तीमा चार क्विण्टल दाउरा लाग्ने बताए । ‘कोभिड नभएकाको शव जलाउन दुई क्विण्टल जति दाउरा आवश्यक पर्ने गरेकोमा अहिले कोभिडबाट मृत्यु भएकाको शव जलाउन दोब्बर दाउरा आवश्यक पर्छ’ उनले भने ।

उनका अनुसार पछिल्लो दुई हप्ता यता आर्यघाटमा शव जलाउनका लागि दैनिक २५ हजार केजी दाउराको माग भइरहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?