+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
विराटनगर किंग्स 2025
0/0
Shares

बढ्यो कोरोना महामारी, घट्यो बैंकको लगानी

बैंकर्स संघका उपाध्यक्ष भन्छन् : यो वर्ष यस्तै हो

रोयल आचार्य रोयल आचार्य
२०७८ जेठ ५ गते १२:११

५ वैशाख, काठमाडौं । दोस्रो भेरियण्टको कोरोना (कोभिड १९) संक्रमणको त्रास बढेपछि बैंकहरूको कर्जा लगानी पनि सुस्ताएको छ ।

पहिलो चरणको कोरोनाका कारण सुस्ताएको बैंकको लगानी दसैंपछि भने निकै बढेको थियो । तर संक्रमणको दोस्रो लहर सुरु भएपछि पुनः बैंकको लगानी सुस्ताएको छ ।

काठमाडौं उपत्यकामा सरकारले १६ वैशाखदेखि निषेधाज्ञा जारी गर्‍यो । निषेधाज्ञा जारी भएपछि दुई सातामा बैंकहरूको कर्जा लगानी जम्मा १७ अर्ब रुपैयाँमात्रै भएको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन नेपाल बैंकर्स संघले जनाएको छ ।

संघका अनुसार वैशाख महिनामा बैंकहरूको कर्जा लगानी ३८ अर्ब रुपैयाँ मात्रै भएको छ । जबकी अघिल्लो चैत माहिनामा यी बैंकहरूले १ खर्ब ३८ अर्ब रुपैयाँ ऋण लगानी गरेका थिए । कर्जासँगै निक्षेप संकलनमा समेत उत्साह छैन ।

निषेधाज्ञा पछिको दुई सातामा बैंकहरूले थोरै मात्र निक्षेप संकलन गरेका छन् । वैशाख महिनाको तथ्यांक हेर्ने हो भने बैंकहरूले जम्मा ३२ अर्ब रुपैयाँमात्रै निक्षेप संकलन गरेका छन् । चैत महिनामा बैंकहरूले ८३ अर्ब निक्षेप संकलन गरेका थिए ।

वैशाख मसान्तसम्म बैंकहरूको कर्जा लगानी ३६ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ भने निक्षेप ३९ खर्ब ५५ अर्ब रुपैयाँ छ । निषेधाज्ञाको सुरु भएको भोलिपल्ट वैशाख १७ मा कर्जा लगानी ३५ खर्र्ब ९४ अर्ब रुपैयाँ र निक्षेप ३९ खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो ।

वैशाख महिनामा बैंकहरूको कर्जा लगानी ३८ अर्ब रुपैयाँ मात्रै भएको छ । जबकी अघिल्लो चैत माहिनामा यी बैंकहरूले १ खर्ब ३८ अर्ब रुपैयाँ ऋण लगानी गरेका थिए ।

गत मंसिर मसान्तमा कर्जा लगानी ३१ खर्ब एक अर्ब रुपैयाँ थियो । पुसमा १ खर्ब ४३ अर्ब रुपैयाँले बढेर ३२ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको थियो ।

पुसको तुलनामा माघमा कर्जा लगानी धेरै भएको संघको तथ्यांकले देखाउँछ । संघका अनुसार माघमा २ खर्ब १८ अर्ब रुपैयाँले बढेर ३३ खर्ब १७ अर्ब रुपैयाँ कर्जा लगानी भयो ।

फागुनमा भने केही सुस्तायो । माघको तुलनामा कर्जा बढे पनि कर्जा लगानी वृद्धिदर भने घट्यो । फागुनमा १ खर्ब १८ अर्ब रुपैयाँले बढेर ३४ खर्ब १२ अर्ब रुपैयाँ पुग्यो । चैतमा १ खर्ब ६१ अर्ब रुपैयाँले बढेर ३५ खर्ब ७३ अर्ब रुपैयाँ पुग्यो ।

वैशाखसम्म आइपुग्दा भने कोरोनाको त्रास पनि उच्च भयो । कोरोनाको त्राससँगै वैशाखमा जम्मा ३८ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी भएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल कर्जा लगानी हुने ठाउँहरू अधिकांश बन्द भएका कारण पनि सुस्ताएको बताउँछन् ।

मालपोत तथा यातायात कार्यालयहरू बन्द हुँदा घरजग्गा तथा सवारी साधनमा लगानी हुने कर्जा सुस्ताएको उनले बताए । महामारीका बेला भएर धेरै ठूलो अपेक्षा पनि गर्न नहुने उनी बताउँछन् ।

‘निक्षेप पनि अहिले धेरै बढेको छैन । निक्षेप धेरै बढेर बैंकमा थुप्रिए समस्या हुन्छ’, उनले भने, ‘तर अहिले ठूलो समस्या भएको छैन । औषधि उपचार लगायतमा पैसा चाहिएला भनेर नगद होल्ड गरिएको पनि हुनसक्छ, अहिले निक्षेपको ग्रोथ पनि धेरै छैन ।’

अक्सिजन लगायतका सामाग्रीहरू किन्न अलिअलि लगानी भएको हुनसक्ने र अवस्था सहज भएसँगै लगानी बढिहाल्ने उनको भनाइ छ ।

‘यो वर्ष यस्तै हो, नयाँ वर्षमा केही होला’

चालु आर्थिक वर्ष २०७७/७८ सकिन अब दुई महिनाभन्दा कम समय बाँकी छ । जेठ महिनाभर निषेधाज्ञा हुने सम्भावना रहेको र असारमा खुलेपनि धेरै लगानी नहुने बैंकर्स संघका उपाध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय बताउँछन् ।

बैंकर्स संघका उपाध्यक्ष अनिल उपाध्यायले भने– महामारीमा सेवाग्राही पनि हुँदैनन् । अहिले कर्जा सुस्ताउनु स्वभाविक हो । ठूला तथा साना व्यवसायहरू अधिकांश बन्द छन् । नयाँ परियोजनाहरू पनि महामारीमा सञ्चालन हुने कुरा भएन । यसकारण पनि कर्जाको माग नै नआएको हो । यो स्वभाविक हो ।

पछिल्लो समय बैंकिङ कारोबार नै अत्यन्तै न्युन हुने गरेको उनी बताउँछन् । ‘काउन्टरबाट खासै कारोबार हुँदैन, अलिअलि भएको डिजिटल कारोबार हो,’ उनले भने, ‘धेरै काउन्टरहरू त बन्द नै छन्, यस्तो महामारीमा सेवाग्राही पनि धेरै हुँदैनन् ।’

अहिले कर्जा सुस्ताउनु स्वभाविक भएको उनी बताउँछन् । ठूला तथा साना व्यवसायहरू अधिकांश बन्द छन् । नयाँ परियोजनाहरू पनि महामारीमा सञ्चालन हुने कुरा भएन । यसकारण पनि कर्जाको माग नै नआएको उपाध्यक्ष उपाध्यायले बताए ।

यतिबेला सेयर बजार भने खुला नै छ । मंगलबारमात्रै ११ अर्ब २५ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भयो । सेयर धितोमा भने थोरबहुत कर्जा लगानी भइरहेको उनले बताए ।

‘अरु व्यापार व्यवसाय छैन, दैनिक गुजाराका लागि बैंकमा कर्जा माग हुने कुरा भएन,’ उनले भने, ‘अलि–अलि मार्जिन प्रकृतिको कर्जा गएको छ, अन्य क्षेत्रमा त यो बेला लगानी हुने सम्भावना नै छैन ।’

आर्थिक वर्ष सकिन अब थोरै मात्र सयम बाँकी रहेको र अझै जेठ महिनाभर बन्द नै हुने सम्भावना रहेकाले यो आर्थिक वर्षमा कर्जा लगानी धेरै नहुने उनी बताउँछन् ।

नयाँ आर्थिक वर्षमा भने कोरोना त्रास घट्ने र नयाँ परियोजनाहरू पनि सुरु भएर बैंकको लगानी बढ्ने उनको अपेक्षा छ ।

‘यो समय भनेको सस्टेन हुने समय हो, जेठभरी बन्द नै होला असार मसान्तमा विजनेस ग्रोथमा धेरै ध्यान जाँदैन,’ उनले भने, ‘स्वीकृत भएको कर्जा जाला नत्र अरु खासै जाँदैन ।’

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?